sevenstartv.com २० वैशाख २०८३, आइतवार

सभापति देउवा र गृहमन्त्री लेखक पुगे बालुवाटार

१४ जेठ २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद अवरोध गरेपछि नेकपा एमाले र नेपाली कांग्रेस छलफलमा जुटेका छन् ।अहिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गृहमन्त्री रमेश लेखक बालुवाटार पुगेका हुन् ।

भिजिट भिसा प्रकरणमा मन्त्रीकै राजीनामा माग भएपछि छलफलका लागि देउवा र लेखक बालुवाटार पुगेका हुन् । हिजो विपक्षी दलहरूले लेखकले राजीनामा नदिँदासम्म संसद चल्न नदिने अडान लिएका थिए ।

भोलि बजेट ल्याउनै पर्ने बाध्यात्मक अवस्थामा रहेको सरकार कसरी सदन सुचारु गर्न सकिन्छ भन्ने छलफलमा केन्द्रित रहेको छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बैठक बोलाइएको छ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्