sevenstartv.com २० वैशाख २०८३, आइतवार

गभर्नर विश्वनाथ पौडेलविरुद्धको रिटमा आज पेशी

१४ जेठ २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंकका नविनयुक्त गभर्नर विश्वनाथ पौडेलविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको पेशी आज हुने भएको छ । 

अधिवक्ता अनन्तराज लुइँटेल, विशाल थापा र प्रतिभा उप्रेतीले पौडेलको नियुक्ति बदरको माग गर्दै मंगलबार रिट दर्ता गरेका हुन् । नेपाल राष्ट्र बैंक ऐन-२०५८ ले अनिवार्य गरेको विज्ञता नभएको व्यक्तिलाई गभर्नर नियुक्त गरिएको भन्दै उनीहरूले रिट दायर गरेका हुन् । 

पौडेललाई गभर्नरमा सिफारिस, नियुक्ति तथा शपथसमेत गराउने निर्णय गैरकानूनी भएको जिकिर रिटमा गरिएको छ । गम्भीर राष्ट्रिय महत्त्वको विषयमा राष्ट्रलाई नै असर पर्ने गरी गभर्नरको हैसियतले कुनै पनि दूरगामी कार्य सम्पादन नगर्नरनगराउन ‘प्रतिषेध मिश्रित परमादेश’को माग अधिवक्ताहरूले गरेका छन् । 

 गभर्नर नियुक्त नहुँदै पौडेलको नियुक्ति रोक्न माग गर्दै उनीहरू रिट लिएर सर्वोच्च अदालत पुगेका थिए। प्रशासनले रिट दरपिठ गरिदिएकोमा इजलासले पनि सदर गरेको थियो। 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्