sevenstartv.com २१ वैशाख २०८३, सोमवार

समाजवादी क्रान्तिको तयारीको लागि आवश्यक कम्युनिस्ट एकताको प्रक्रियामा अघि बढेका छौँ : अध्यक्ष दाहाल

१२ जेठ २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समाजवादी क्रान्तिको तयारीको लागि आवश्यक पर्ने कम्युनिस्ट एकताको प्रक्रियामा अगाडी बढिरहेको बताएका छन् । 

सोमबार ललितपुरमा भएको नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच पार्टी समायोजन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले विभिन्न उत्तारचढावका बीच आजको दिन सम्म आइपुगेको बताउँदै नेसपासँगको पार्टी एकता, समायोजन र एकीकरण जे भने पनि सार एउटै भएको बताए । 

उनले गम्भीर ढङ्गले समाजवादी क्रान्तिको तयारीमा आफूहरूले लागिरहेको जिकिर गरे । अध्यक्ष दाहालले २०६४ को निर्वाचनमा प्राप्त गरेको अभिमत जोगाउन नसक्दा पार्टी विभाजित भएको र त्यसले सर्वहारा वर्ग तथा श्रमजीवी जनतामाथि ठूलो क्षति भएको बताए । उनले उक्त विभाजनले शहीद र बेपत्ता योद्धाहरूको सपना नराम्रोसँग तरङ्गित भएको धारणा राखे । 

उनले संविधान घोषणा भइसकेपछि फेरि एकताको प्रक्रिया शुरु भएको र आफूहरू सबै त्यो प्रक्रियामा अगाडी बढिरहेका दाबी गरे । समाजवादी आन्दोलन अगाडी बढ्दै जाँदा एकीकरण, समायोजन र ध्रुवीकरणको प्रक्रिया पनि निरन्तर अगाडी बढ्दै जाने उनले विश्वास व्यक्त गरेका छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्