sevenstartv.com २१ वैशाख २०८३, सोमवार

गृहमन्त्री लेखकको ‘भिजिट भिसा’ प्रकरणमा कुनै संलग्नता छैन : कांग्रेस

१२ जेठ २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री रमेश लेखकको ‘भिजिट भिसा’ प्रकरणमा कुनै संलग्नता नरहेको निष्कर्ष निकालेको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा सोमबार बसेको पदाधिकारी बैठकले गृहमन्त्री लेखकको ‘भिजिट भिसा’ प्रकरणमा कुनै संलग्नता नरहेको निष्कर्ष निकालेको हो ।

बैठकले यस प्रकरणमा लेखक संलग्न रहेको कुनै आधार नभएकाले उनले गृहमन्त्रीबाट राजीनामा दिन नपर्ने निष्कर्ष निकालेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बुधबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रहेको गृहमातहतको अध्यागमन कार्यालयका प्रमुख सचसहचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएपछि गृहमन्त्री लेखकसमेत ‘भिजिट भिसा’ प्रकरणमा मुछिएका छन् ।

गृहमन्त्री लेखकले तत्कालीन अध्यागमन कार्यालय प्रमुखको जिम्मेवारीमा रहेका सहसचिव सुरेश पन्थीलाई हटाएर गत असोज २३ मा भट्टराईलाई जिम्मेवारी दिएका थिए  । अख्तियारले छापा हान्ने तयारी गरेको सुइँको पाएपछि गृहले मंगलबार साँझ भट्टराईलाई जोगाउनका लागि अध्यागमनबाट हतार–हतार मन्त्रालयमा तानेको गृहमन्त्रीमाथि आरोप छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्