रवीन्द्र मिश्र र धवलशमशेर राणालाई राज्यविरूद्धको कसुरमा मुद्दा
काठमाडौं । तीनकुने घटनामा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणाविरुद्ध राज्यविरुद्धको कसुरमा मुद्दा चल्ने भएको छ ।
काठमाडौं जिल्ला अदालतमा उनीहरुविरुद्ध आइतबार उक्त मुद्दा दर्ता हुन लागिएको छ । मुद्दा दर्ताका लागि अदालतमा फाइल पुगिसकेको अदालत स्रोतले बतायो ।
दुबै नेता यसअघि नै पक्राउ परेर रिहा भइसकेका छन् । राणा उपचारको लागि भनेर रिहा भएका थिए भने मिश्र सर्वोच्चमा दायर बन्दीप्रत्यक्षीकरणको रिटका आधारमा रिहा भएका थिए ।
