sevenstartv.com २१ वैशाख २०८३, सोमवार

एआईको दुरुपयोग रोक्न आवश्यक : मन्त्री पन्त

९ जेठ २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको भन्दै त्यसलाई रोक्नु अहिलेको मुख्य चुनौती भएको बताएका छन् । 

शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पन्तले बढ्दो कृत्रिम बौद्धिकता (एआई) को दुरुपयोग रोक्न आवश्यक रहेको बताएका हुन् । उनले कृत्रिम बौद्धिकता ९एआई०को दुरुपयोग हुन नदिन पत्रकारिताको मूल्य र मान्यतालाई अंगिकार गर्न जरुरी रहेको बताए । 

पत्रकारिताको मूल्य र मान्यतामा अडिग रहेर पत्रकारिता गर्न नसकेको अवस्थामा कृत्रिम बौद्धिकता विध्वंसकारी हतियार हुनसक्ने उनको भनाइ छ । मन्त्री पन्तले मिडियाले व्यक्तिहरूलाई अनुचित ढंगले लक्षित गर्ने प्रवृत्तिको अन्त्यका लागि प्रेस आचारसंहिताको कडाइका पालना गर्नु आवश्यक रहेको समेत बताए । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्