sevenstartv.com ९ चैत २०८२, सोमवार

अमेरिकी संसदद्वारा कर कटौती विधेयक पारित

९ जेठ २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । रिपब्लिकन-नियन्त्रित अमेरिकी प्रतिनिधि सभाले बिहीवार व्यापक कर र खर्च विधेयक पारित गरेको छ । बजेट समूहहरूले पहिले नै कानूनले संघीय ऋणमा उल्लेखनीय वृद्धि गर्ने चेतावनी दिएको थियो । विधेयक २१५ मतले अनुमोदन भयो । सबै डेमोक्र्याटिक सांसदहरू र दुई रिपब्लिकन सांसदहरूले यसको विपक्षमा मतदान गरे । जबकि एक रिपब्लिकन सांसद तटस्थ रहे ।

विधेयकले २०१७ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा लागू गरिएको कर्पोरेट र व्यक्तिगत कर कटौतीलाई विस्तार गर्दछ । जबकि टिप्स, ओभरटाइम र कार ऋणका लागि नयाँ कर छुटहरू थप्छ । यसले रक्षा खर्च पनि बढाउँछ र आप्रवासीहरूलाई देश निकाला गर्न थप कोष विनियोजन गर्दछ । विधेयकले पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा समर्थित धेरै हरित ऊर्जा नीतिहरू खारेज गर्दछ ।

 संघीय खर्च घटाउने प्रयासमा कम आय भएका व्यक्तिहरूको लागि स्वास्थ्य सेवा र खाद्य सहायता कार्यक्रमहरूमा पहुँच गर्न योग्यता सीमा बढाउँछ । यो विधेयक रिपब्लिकन–नियन्त्रित सिनेटमा पठाइएको छ । जहाँ यसमा परिमार्जनहरू हुने सम्भावना छ । ट्रेजरी विभागको पछिल्लो तथ्याङ्कअनुसार अमेरिकी राष्ट्रिय ऋण ३६।२ ट्रिलियन डलर नाघेको छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्