sevenstartv.com २१ वैशाख २०८३, सोमवार

विपद्का समयमा पब्लिसिटी खोज्नेहरुका कारण राहत र उद्धारमा समस्या : सभापति शेर्पा

८ जेठ २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले विपदको समयमा पब्लिसिटी खोज्नेहरुका कारण राहत र उद्धारमा समस्या हुने गरेको बताएका छन् । 

बिहीबार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उहाँले विपद्का समयमा पनि सबैलाई भाषण गर्नैपर्ने, हेलिकोप्टरमा राहत सामग्री भन्दा पनि नेता नै जानुपर्ने अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिएका हुन् । 

विपद् व्यवस्थापनका लागि रिपोर्ट बनाएर दिनुस् भन्दा कर्मचारीले चार, पाँच महिना लगाइदिने तर विदेश घुम्ने भनेपछि आजको भोलि नै तयार हुने अवस्थाको अन्त्य गर्नुपर्नेमा उनले जोड दिए । उनले नीतिगत सुधार गरेर व्यवस्थापनको जिम्मा तीन तहको सरकारको समन्वयमा स्थानीय तहलाई नै दिनुपर्ने बताए । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्