sevenstartv.com २१ वैशाख २०८३, सोमवार

पोखरा विमानस्थलमा भ्रष्टाचारको ट्रेलर हेरियो, फिल्म भैरहवा विमानस्थलमा हेर्नुपर्छ : सांसद् आले

७ जेठ २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद् प्रेमबहादुर आलेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा १० अर्ब भन्दा बढी रकम वार्ताद्वारा भ्रष्टाचार भएको बताएका छन् । 

बुधबारको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको फ्लाइट प्रोसिडर डिजाइन माग्दा २०२२ नोभेम्बरको मात्र उपलब्ध गराइएको बताए । 

उनले ट्याक्साको बारेमा डकुमेण्ट माग्दा अर्थ मन्त्रालयबाट डकुमेण्ट नपाएको गुनासो गरे । सार्वजनिक लेखा समिति कमजोर भएको त होइन भन्दै प्रश्न गरेका छन् । १४५ मिलियनमा बन्ने एयरपोर्ट रातारात २१६ मिलियन पु¥याइएको बताउँदै ७१ मिलियन रकम खुलम खुला भ्रष्टाचार भएको बताए । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्