दुई तिहाइको सरकार सुशासन र भ्रष्टाचारविरुद्धको अभियानमा चुक्यो : सांसद् विष्ट
काठमाडौं । राष्ट्रिय सभा सांसद् नरबहादुर विष्टले प्रधानमन्त्रीले बोलाएको बैठकमा काँग्रेस सभापति नगएको भोलिपल्टै नेपाल राष्ट्र बैंकको गभर्नरमा सहमति भएको बताएका छन् ।
बुधबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै उहाँले ढिलो गरेरै भएपनि राष्ट्र बैंकको गभर्नर नियुक्ति गरेकोमा सरकारलाई धन्यवाद दिएका हुन् । सांसद् विष्टले वर्तमान टेक्नोलोजिको युगमा पनि नेपालका सरकारी अस्पतालहरुको वेथिति अन्त्य हुन नसकेकोप्रति चिन्ता व्यक्त गरे ।
उनले सरकारी अस्पतालहरुमा खरिद गरिएका र थन्किएर बसेका अरबौंका उपकरण सञ्चालनमा ल्याउन माग गर्दै आम नागरिकलाई सुशासनको प्रत्याभुत गराउन आग्रह गरेका छन् ।
उनले अबको केही दिनमा बजेट आउँदै छ बजेटले समग्र मुलुकको विकासका लागि र सबैलाई अटाउने गरी निष्पक्ष ढंगले बजेट ल्याउन सरकारको ध्यानाकर्षण गराए । उनले दुई तिहाइको सरकारले सुशासन र भ्रष्टाचारविरुद्धको अभियानमा चुस्त हुन नसकेको आरोपसमेत लगाए ।
