sevenstartv.com २१ वैशाख २०८३, सोमवार

गभर्नर पौडेलले लिए पद तथा गोपनीयताको शपथ

७ जेठ २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

अर्थशास्त्री डा. पौडेल मंगलबार नेपाल राष्ट्र बैंकको १८औँ गभर्नर नियुक्त भएका हुन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठित सिफारिस समितिबाट सिफारिस भएका तीन नाममध्ये डा. पौडेललाई गभर्नरका लागि छनोट गरेको हो । 

गभर्नर सिफारिस गर्न गठित समितिको सदस्यबाट डा। पौडेलले २८ वैशाखमा राजीनामा दिएपछि उनी आफैँ उम्मेदवार बनेका थिए । सिफारिस समितिको मंगलबार बसेको बैठकले डा. पौडेलसहित नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर डा। नीलम ढुंगाना तिम्सिना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो ।

त्यसपछि मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले डा। पौडेललाई गभर्नरमा नियुक्त गर्ने निर्णय लिएको थियो । उनी राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पनि हुन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्