sevenstartv.com ९ चैत २०८२, सोमवार

सुडानी सेनाद्वारा खार्तुम राज्यलाई अर्धसैनिक बल मुक्त घोषणा

७ जेठ २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । सुडानी सशस्त्र बलले मंगलबार खार्तुम राज्यलाई अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सबाट मुक्त राज्य घोषणा गरेको छ । जसले दुई वर्षभन्दा बढी समयपछि राज्यमा समूहको उपस्थिति समाप्त गरेको छ । 

खार्तुमलाई विद्रोही र उनीहरूका समर्थकहरूबाट मुक्त गरिएको घोषणा गरेको हो । एसएएफ र आरएसएफले नियन्त्रणमा रहेका बाँकी सबै क्षेत्रहरू पूर्ण रूपमा पुनः प्राप्त नभएसम्म सैन्य कारबाही जारी राख्ने प्रतिवद्धता जनाएको छ । 

सुडानी सरकारले सेना र यसका सहयोगी सेनाहरूले पश्चिमी सुडानको कोर्डोफान र डार्फर क्षेत्रहरूमा अझै पनि आरएसएफद्वारा कब्जा गरिएका क्षेत्रहरू पुनः कब्जा गर्न अपरेशनहरू जारी राख्ने बताएको छ । 

खार्तुमबाट आरएसएफको निष्कासनको घोषणासँगै सुडानी सेनाले राजधानीको ठीक दक्षिणमा अवस्थित ह्वाइट नाइल राज्यलाई पनि आरएसएफ उपस्थितिबाट पूर्णरूपमा मुक्त गरिएको घोषणा गरेको छ । 

सुडान अप्रिल २०२३ देखि एसएएफ र आरएसएफबीचको क्रूर द्वन्द्वमा फसेको छ । युद्धले दशौं हजारको ज्यान लिएको छ । लाखौंलाई सुडानमा आफ्नो घर छोड्न बाध्य पारेको छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्