sevenstartv.com २१ वैशाख २०८३, सोमवार

रवि लामिछानेको मुद्दामा आजै आदेश आउने सम्भावना

७ जेठ २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) का सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीको तर्फबाट दायर बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमाथिको बहस आज पनि जारी रहनेछ । 

६ पटकसम्म हेर्न नमिल्ने सूचीमा परेको उक्त रिटमाथिको बहस मंगलबार शुरु भएकामा नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको हो । रवि लामिछानेका तर्फका कानून व्यवसायीले मंगलबार नै बहस सके पनि एकै मुद्दामा कारागारमा रहेका पूर्व डीआईजी छविलाल जोशीका तर्फबाट कानून व्यवसायीले बुधबार मात्रै बहस-पैरवी गर्नेछन् । 

बहसपछि सरकारी वकिलका तर्फबाट जवाफी बहस हुनेछ । त्यसपछि अदालतले भ्याएसम्म बुधबार नै आदेश सुनाउने सम्भावना छ, जसले रवि लामिछाने र छविलाल जोशीलाई थुनामै पठाउने वा मुक्त गरी बाहिरबाटै मुद्दा लड्न पाउने आदेश गर्नेछ । लामिछानेका तर्फबाट उनकी पत्नी निकिता पौडेलले ७ वैशाखमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेकी थिइन् ।

सहकारीको रकम ठगी गरेको अभियोगमा रूपन्देही जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि श्रीमती पौडेल सर्वोच्च पुगेकी हुन् । हाल लामिछाने र जोशी रूपन्देही कारागारमा छन् ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्