आज पाँच संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज पाँच वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत अर्थ समितिको बैठक बस्दैछ । बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी पहिलो (संशोधन विधेयक) २०८० सम्बन्धमा विषय विज्ञ र सरोकारवालासँग छलफल हुनेछ ।
त्यस्तै बिहान साढे ७ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा दुई वटा उपसमितिहरुले तयार पारेका प्रतिवेदनहरु समिति समक्ष पेश गर्ने कार्यसूचि रहेको छ ।
त्यस्तै बिहान साढे ८ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा विद्युत विधेयक, २०८० माथि संशोधन सहित दफाबार छलफल हुनेछ । त्यस्तै दिउँसो २ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ । बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० को सम्बन्धमा उपसमितिको प्रतिवेदन माथि छलफल हुनेछ ।
त्यस्तै दिउँसो १ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल स्थलगत अध्ययन उपसमितिको प्रतिवेदन उपर छलफल हुनेछ ।
