sevenstartv.com २१ वैशाख २०८३, सोमवार

ग्याँस सिलिण्डर साट्दा उपभोक्ता ठग्ने काम भएको भन्दै सरकारको ध्यानाकर्षण

६ जेठ २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसकी सांसद् रमा कोईरालाले ग्याँस सिलिण्डर साट्दा उपभोक्ता ठग्ने काम भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । 

मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले एलपी ग्याँस सिलिण्डर साट्दा ठग्ने काम गरिएको भन्दै आपत्ति जनाएकी हुन् । उनले एलपी ग्याँसका धेरै प्रकारका सिलिण्डरहरु बजारमा रहेको र ग्याँस अभावको नाटक गरेर सिलिण्डर साट्न लगाइ ठग्ने काम गरिएको बताएन् । 

उनले सिलिण्डर साट्दा पाँच सयदेखि एक हजार रुपैयाँसम्म लिने गरेको भन्दै अनुगमन गर्न आग्रह गरेकी छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्