sevenstartv.com ९ चैत २०८२, सोमवार

पुटिनसँगको फोन वार्ता राम्रो भयो : अमेरिकी राष्ट्रपति ट्रम्प

६ जेठ २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार रुसी समकक्षी भ्लादिमिर पुटिनसँगको टेलिफोन वार्ता धेरै राम्रो भएको बताएका छन् ।

पुटिनसँग साढे दुई घण्टा कुराकानी गरेको र कुराकानी सन्तोषजनक रहेको बताएका हुन् । रूस र युक्रेनले तत्काल युद्धविरामका लागि वार्ता गर्ने उनको भनाइ छ । 

ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयन, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, इटालियन प्रधानमन्त्री जर्जिया मेलोनी, जर्मन चान्सलर फ्रेडरिक मर्ज र फिनिश राष्ट्रपति अलेक्ज्याण्डर स्टबसहित अन्य नेताहरूसँग कलको विवरण साझा गरेका हुन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्