किसानलाई गणतन्त्र होइन मल चाहिएको छ : सांसद् प्रधान
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद् ध्रुवबहादुर प्रधानले देशमा सुशासन आवश्यक रहेको बताएका छन् ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा उनले यस्तो बताएका हुन् । हनले किसानलाई अहिले गणतन्त्र नभइ मल चाहिएको, जनतालाई गणतन्त्र नभइ सुशासन र सहकारी पीडितलाई गणतन्त्र नभइ पैसा फिर्ता चाहिएको बताए ।
उनले जनभावना र मानिसका आस्थालाई प्रहार नगर्न चेतावनी दिए । उनले परिवर्तनका नाममा जहाज हाइज्याक गर्ने, अपराधिक घटनाहरु धेरै भएको भन्दै अब देश लुट्ने काम भइरहेको बताएका छन् ।















