sevenstartv.com १८ साउन २०८३, सोमवार

किसानका समस्या समाधानमा सरकार गम्भीर बनोस् : मेटमणि चौधरी

५ जेठ २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले मोही किसानसँगको सहमति कार्यान्वयनमा सरकारको ध्यानाकर्षण गराएका छन् । 

सोमबारको प्रतिनिधिसभामा सांसद् चौधरीले गतवर्ष गुठी ऐन संशोधन गर्ने र संशोधन विधेयक संघीय संसदको चालु अधिवेशनमा विधेयकका रुपमा प्रस्तुत गर्ने सहमतिपछि आन्दोलनका कार्याक्रमहरु फिर्ता लिएको स्मरण गराएका हुन् । 

उनले आन्दोलन स्थगित भएपछि कार्यान्वयनको विषयउमा सरकार गैरजिम्मेवार भएको आरोप लगाए । उनले सरकार प्रतिवद्धता जनाउने तर जवाफदेही नबन्ने अवस्थाले पीडितहरु आक्रोशित बन्दै गएकाले त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकार स्वयं हुने बताए । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्