गुठी समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण : सांसद् सापकोटा
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद् माधव सापकोटाले गुठीको समस्या समाधानका लागि सरकारसँग माग गरेका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा सांसद् सापकोटाले सिन्धुपाल्चोकमा मात्र एक सय ४६ वटा नाममा दर्ता भएका गुठीहरु समस्यामा भएकाले तत्काल समस्या समाधानका लागि सरकारसँग माग गरेका हुन् ।
उनले गुठीबाट देशभरका लाखौं नागरिक प्रभावित भएको र ६८ वटा जिल्लामा फरक प्रकृतिको गुठीका समस्या रहेको बताए । उनले गुठीसँग सम्बन्धित विविध समस्याको समाधानका लागि गहनरुपमा अध्ययन गरी तत्काल विधेयक ल्याई समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए ।
