sevenstartv.com २१ वैशाख २०८३, सोमवार

विश्व व्यवस्था तिब्र रुपमा परिवर्तन हुँदैछ : डा. बाबुराम भट्टराई

५ जेठ २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । कुटनीति र अन्तर्राष्ट्रिय मामिलामा महत्वपूर्ण भुमिका खेल्नको लागि नेपालमा आइतबारबाट एम्बास्डर्स क्लब र इन्टरनेशनल रिलेसन्स एण्ड ग्लोवल डिप्लोमेसी डाइलग (आईआरजीडीडी) को शुरुवात भएको छ ।

सोही अवसरमा नेपालको पहिलो कुटनीतिक पत्रिका तथा मिडिया प्लेटफर्म ‘द डिप्लोम्याट नेपाल’ पनि सार्वजनिक गरिएको हो । कार्यक्रममा डा. बाबुराम भट्टराईले आईआरजीडीडी, एम्बास्डर्स क्लव र ‘द डिप्लोम्याट नेपाल’ म्यागेजिनको शुभारम्भले विश्वमा भइरहेको परिवर्तनमा नेपालले एक महत्वपूर्ण भुमिका रहने बताएका छन् ।

वैश्विक व्यवस्था तिब्र रुपमा परिवर्तन भइरहेको भन्दै नेपाल अब किनारामा बस्न नसक्ने उल्लेख गरे । उनले शान्ति, सक्रिय सार्वभौमिकता र न्यायमा आधारित योगदानहरुको लागि हुने प्रयास एक समयानुकुल र आवश्यक कदम भएको बताए । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्