sevenstartv.com ९ चैत २०८२, सोमवार

हैदराबादमा आगलागीबाट मृत्यु हुनेको संख्या १७ पुग्यो

५ जेठ २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । दक्षिणी भारतीय शहर हैदराबादको एक भवनमा आइतबार भएको भीषण आगलागीमा १७ जनाको मृत्यु भएको छ भने धेरै जना घाइते भएका छन् ।

शहरको प्रतिष्ठित चारमिनार क्षेत्र नजिकै गुलजार हाउसमा रहेको आवासीय भवन भित्र बिहान आगलागी भएको थियो । आगो बिहान ६ बजेतिर लागेको थियो । बिहान सवा ६ बजेसम्ममा अग्निशमन विभाग घटनास्थलमा उपस्थित थियो । उनीहरूले भित्र फसेका मानिसहरूलाई बचाउने प्रयास गरे पनि आगोले सम्पूर्ण भवनलाई नै ध्वस्त पारेको थियो ।

प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानले सर्ट सर्किटका कारण आगलागी भएको हुनसक्ने देखाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगलागी घटनामा भएको ज्यान गुमाउनेप्रति दुःख व्यक्त गरेका छन् । पीडितहरूलाई आर्थिक क्षतिपूर्तिको घोषणा गरे । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्