sevenstartv.com ९ चैत २०८२, सोमवार

विस्थापित सिरियालीहरू अनिश्चितताको बीचमा घर फर्किए

५ जेठ २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । सिरियाको इडलिब प्रान्तमा अवस्थित काह गाउँमा दर्जनौं सिरियाली परिवारहरू आफ्ना केही सामानहरू ट्रक र पिकअपहरूमा प्याक गर्न व्यस्त थिए । तिनीहरू दश वर्षभन्दा बढी समयदेखि आश्रयस्थल रहेको ली अजलिना विस्थापन शिविर छोडेर हामा प्रान्तको आफ्नो गृहनगर ट्रेमसेह फर्कने तयारी गरिरहेका थिए ।

 शुक्रवार १ सय परिवारहरू ठूलो काह शरणार्थी शिविरबाट निस्किए । जुन क्षेत्रको प्रमुख आन्तरिक विस्थापन शिविर थियो । पहिले ४ सय परिवारको घर भएको शिविरमा गत महिना दुई ठूला समूहहरू छोडेपछि अब लगभग ३० जना मात्र छन् । उनीहरूको फिर्ती मानवीय प्रयासहरूमार्फत सम्भव भएको थियो । जसले उनीहरूको मूल गाउँहरूमा निःशुल्क यातायात प्रदान ग¥यो । घर फर्कने खुशीको बावजुद परिवारहरूले धेरै कठिनाइहरूको सामना गरेका छन् । 

उनीहरूको गृहनगरमा ठूलो मात्रामा लडाईं शान्त भएको छ । तर व्यापक विनाश भएको छ । त्यहाँ कुनैपनि विद्यालय वा चिकित्सा क्लिनिकहरू कार्यरत छैनन् । सफा पानी र बिजुलीको पहुँच सिमित छ । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्