sevenstartv.com २१ वैशाख २०८३, सोमवार

कोशी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्ने

५ जेठ २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । कोशी प्रदेश सरकारले आज आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ ।

दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ । प्रदेश सरकारले कृषि, पर्यटन, उद्योग, पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगार लगायत नव प्रवर्तनको क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउन लागेको छ । 

सरकारले अघि बढाएका तर, सम्पन्न हुन नसकेका योजनाहरुलाई सम्पन्न गर्ने, जनताको जीवनस्तर सुधार्न ति योजनाहरुलाई अनिवार्य जोड्ने, स्थानीय उत्पादन बृद्धि गर्ने, अर्गानिक खेति प्रणालीको विकास गर्ने लगायतका बिषयहरुलाई प्राथमिकतामा राखेको जनाइएको छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्