sevenstartv.com २१ वैशाख २०८३, सोमवार

संसदीय उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन

४ जेठ २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा समितिद्वारा गठित संसदीय उपसमितिले विद्यालय शिक्षा विधेयकको प्रतिवेदन बुझाएको छ । 

आइतबार सिंहदरबारमा बसेको समिति बैठकमा छविलाल विश्वकर्माको संयोजकत्वमा गठित उपसमितिले समितिलाई विधेयकको प्रतिवेदन बुझाएको हो । उपसमितिको प्रतिवेदन बुझाउँदै संयोजक विश्वकर्माले १५ परिच्छेद र १६३ दफामा रहेको विधेयकमा उपसमितिले १०८ बुँदा बनाएको जानकारी दिए । 

उनले प्रतिवेदनमा १०१ दफामा परिमार्जन गरिएको तथा १३ वटा नयाँ दफा थप गरिएको समेत बताए । उनकाअनुसार उपसमितिले ४ दफा वटा दफा हटाएको तथा १३ दफा नयाँ रोखको छ । विधेयकका ६२ वटा दफा सरकारले प्रश्तावगरेअनुसार नै हुनेगरी सहमति भएको समेत उनले बताएका छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्