sevenstartv.com २१ वैशाख २०८३, सोमवार

दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति

४ जेठ २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौं जिल्ला अदालतले थप ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । 

चैत १५ गते राजधानीको तीनकुने क्षेत्रमा राजावादी समूहले गरेको प्रदर्शनमा हिंसा भड्काएको आरोपमा पक्राउ परेका प्रसाईंलाई आइतबार प्रहरीले म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो । 

सो क्रममा अदालतले राज्य विरुद्धको कसुरमा थप ४ दिन म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्