sevenstartv.com २१ वैशाख २०८३, सोमवार

तीनकुने घटनाको अनुसन्धान सकियो, केही दिनमै सार्वजनिक हुन्छ : मानवअधिकार आयोग

४ जेठ २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले गत चैत १५ गतेको तीनकुने घटना सम्बन्धमा आयोगले अनुसन्धान पूरा गरेको बताएको छ ।

तीनकुने घटना मृत्यु भएका पत्रकार स्वर्गीय सुरेश रजकका परिवारको ध्यानाकर्षण पत्र बुझ्दै आयोगकी अनुसन्धान अधिकृत मञ्जु खतिवडाले उक्त घटना गम्भीर विषय भएकोले द्रुत गतिमा अनुसन्धान सम्पन्न भएको जानकारी दिएकी हुन् । 

उनले अनुसन्धानको निष्कर्षसहित केही दिनभित्र सार्वजनिक गर्ने आयोगले तयारी गरिरहेको जानकारी दिइन् । उनले अनुसन्धानबाट निकालिएको निष्कर्ष र राज्यले पूरा गर्नुपर्ने दायित्वसहित मृतकका परिवार र घाइतेलाई के गर्नुपर्छ भन्ने सुझावसमेत आउने बताएकी छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्