विकासको प्रतिफल सिमान्तकृत वर्गसम्म पुग्नेगरी बजेट ल्याउनुपर्छ : सांसद् साउद
काठमाडौं । नेपाली कांग्रेसका सांसद् नारायणप्रकाश साउदले विकासको प्रतिफल सिमान्तकृत वर्गसम्म पुग्नेगरी बजेटको निर्माण गर्न सरकारसँग आग्रह गरेका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा उनले यस्तो आग्रह गरेका हुन् । उनले हरेक वर्ष बजेट आउने गरेको र यस वर्ष पनि बजेटको पूर्वसन्ध्यामा रहेको बताए ।
उनले नेपालमा असन्तुलित विकास र प्रभावशालीहरुले बजेटमा हाली मुहाली गर्ने कुरामा लामो समयदेखि विवाद हुँदै आएको भन्दै शहर र गाउँ, सुगम र दुर्गम, भूगोल र जनसंख्या तथा सशक्त आवाज भएका अभिजात्य वर्ग र आवाजबिहनीहरुको हितको अन्तरबिरोधलाई अनुभवी अर्थमन्त्रीले संयोजन र सम्बोधन कसरी गर्नुहुन्छ ? भन्दै प्रश्न गरे ।
