sevenstartv.com २१ वैशाख २०८३, सोमवार

कोशीको बर्खे अधिवेशन आजबाट सुरु

४ जेठ २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । कोशी प्रदेश सभाको बर्खे (सातौँ अधिवेशन) आजबाट सुरु हुने भएको छ । 

बैठक दिउँसो २ बजेबाट विराटनगरस्थित सभा हलमा सुरु हुने छ । बैठकमा कोशी प्रदेश प्रमुख परशुराम खापुङको कार्यालयबाट प्राप्त पत्रबारे सदनमा जानकारी गराइनेछ । 

बैठकमा सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलले आ-आफ्नो धारणा राख्ने उनको भनाइ छ । प्रदेश सभा सचिवालयका अनुसार बैठकमा सरकारले ल्याएको प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८२ सभामा टेबुल हुनेछ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्