प्यालेसले जित्यो एफए कपको उपाधि
काठमाडौं । एफए कपको उपाधि क्रिस्टल प्यालेसले जितेको छ । गएराति म्यानचेस्टर सिटीलाई १-० ले हराउँदै प्यालेसले उपाधि जितेको हो ।
एबेरेचे एजेले पहिलो हाफमा गरेको गोल प्यालेसलाई च्याम्पियन बन्न पर्याप्त रह्यो । एजेले १६ औँ मिनेटमा गोल गरेका थिए ।
सिटीका लागि भने यस सिजन बिर्सनलायक बनेको छ । प्रिमियर लिगको उपाधि रक्षा गर्न नसकेको सिटी च्याम्पियन्स लिग र लिग कपमा पनि सफल हुन सकेको थिएन । प्यालेसले पहिलो पटक ठूलो उपाधि जितेको हो ।
