sevenstartv.com ९ चैत २०८२, सोमवार

गाजामा इजरायलको आक्रमण

२ जेठ २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । इजरायलले गाजामा गएरातिदेखि भीषण हवाई आक्रमण शुरु गरेको छ। अस्पतालदेखि शरणार्थी शिविरसम्ममा भएका आक्रमणमा कम्तीमा ११४ जनाको मृत्यु भएको छ । 

खान युनिसमा रहेको युरोपेली–गाजा अस्पतालमा भएको आक्रमणमा २८ जनाको मृत्यु भएको छ । अस्पतालमा स्वयसेवी काम गरिरहेका बेलायतका सर्जन डा. टम पोटोकारले लडाकु जहाजबाट ६ वटा बम खसालिएको र २८ जना घाइते भएको जानकारी दिँदै भग्नावशेषमा परिणत भइरहेको अस्पतालको फुटेज सार्वजनिक गरेका छन् ।

इजरायलले १० हप्तादेखि गाँजामा राहत सामग्रीको प्रवेशमा प्रतिबन्ध जारी राखेका बेला शक्तिशाली हवाई आक्रमण भएको हो । यस क्षेत्रमा इजरायलले पत्रकारलाई समेत प्रवेशमा वञ्चित गरेको छ । यो क्षेत्रमा औषधि, खानेपानी र अन्य आधारभूत कुराहरुको हाहाकार भएको छ । इजरायलले भने आफूले लगाएको नाकाबन्दीका बाबजुद गाजामा खाने कुराको कमी नरहेको दाबी गरेको छ । 

इजरायल र हमासबीच ७ अक्टोबर २०२३ मा युद्ध शुरु भएको थियो । त्यसयता गाजामा झण्डै ५३ हजार मानिसको मृत्यु भएको थियो  ।
 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्