sevenstartv.com २१ वैशाख २०८३, सोमवार

रवीन्द्र मिश्रलाई सर्वोच्चमा हाजिर गराइयाे

१ जेठ २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्रलाई सर्वोच्च अदालतमा हाजिर गराएर लगिएको छ । शुक्रबार पेसी तोकिएको छ । 

बुधबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले सारिका कार्कीले दायर गरेको रिटमा कारण देखाऊ आदेश जारी गर्दै अनुसन्धानको मिसिलसहित २४ घण्टाभित्र मिश्रलाई इजलासमा उपस्थित गराउन आदेश गरेको थियो । 

नेपाल प्रहरी प्रधान कार्यालयलाई महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेस गर्न आदेश भएकोमा उक्त जवाफ आउन ढिलाइ भएकाले आज इजलासमा पेस नगरिएको हो । लिखित जवाफ सुनाएपछि मिश्रको बयान पनि भोलि नै हुनेछ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्