बजेट ल्याउने दिन परिवर्तन गर्न विमलेन्द्र निधिकाे माग
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले आर्थिक वर्षको बजेट संघीय संसदमा पेस गर्ने दिन परिवर्तन गर्न माग गरेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा उनले यस्तो माग गरेका हुन् ।
\सांसद् निधिले भने, ‘जेठ १५ गते गणतन्त्र दिवस दिवस हो । अर्कोतर्फ सरकारले सदनमा आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने दिन हो । संविधानमै उल्लेख भएकाले दिन परिवर्तन गर्न सरकारलाई गाह्रो भएको होला । तर गणतन्त्र दिवस र बजेटको ‘वेटेज’ ज्यादै कम छ । त्यसैले परिवर्तन गर्न माग गर्दछु ।’
निधिले सभामुख देवराज घिमिरेलाई पनि संसदको कार्यसूची तय गर्ने अधिकार सभामुखलाई हुने भन्दै बजेट ल्याउने दिनलाई परिवर्तन गर्न आग्रह गरे ।
