sevenstartv.com ८ असोज २०८३, बिहिवार

एउटै राजनीतिक दलले पाँच वर्ष मुलुकको नेतृत्व गर्न मिल्ने आधार तयार गर्न आवश्यक छ : महासचिव पोखरेल

१ जेठ २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एउटै राजनीतिक दलले पाँच वर्ष मुलुकको नेतृत्व गर्न मिल्ने आधार तयार गर्न आवश्यक रहेको बताएका छन् । 

काठमाडौंमा नेकपा एमालेले आयोजना गरेको नेपालको वर्तमान आर्थिक अवस्था र आगामी बजेटको सन्दर्भमा राजनीतिक पार्टीले लिनुपर्ने पहलकदमी सम्बन्धमा निजी क्षेत्रका व्यवसायीहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले मुलुकमा बलियो राज्यको सरकारको निर्माण नभएसम्म सुधारको प्रक्रिया कमजोर हुने बताए । उनले बलियो निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्न जरुरी रहेको बताएका छन् । उनले आगामी निर्वाचनमा मिलिजुली सरकार नभइ एउटै राजनीतिक दलले पाँच वर्ष नै सरकार चलाउने खालको आधार तयार गर्नुपर्ने बताए। 

महासचिव पोखरेलले राष्ट्रिय पार्टीहरुलाई बलियो नबनाएसम्म नीतिगत सुधार हुन नसक्ने बताएका छन् । राष्ट्रिय पार्टीहरुलाई बलियो बनाउन निजी क्षेत्र एक भएर उभिनुपर्ने बताए । प्रशासनिक झमेला र सुधारमा सबैले समस्या व्यहोरिरहेको भन्दै नेपालको ब्युरोकेसीलाई लोभी बनाउने काम राजनीतिक दल र निजी क्षेत्र नै रहेको बताएका छन् । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्