sevenstartv.com २१ वैशाख २०८३, सोमवार

लुम्बिनी प्रदेश सभा बैठक बस्दै

१ जेठ २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन अन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे बस्ने छ । प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरका अनुसार बैठकको  सम्भावित कार्यसूची तय गरिएको छ । 

एउटा विधेयक पेश हुने, सभामुख तुलाराम घर्ती मगरले प्रदेशसभा सदस्यहरूको अनुपस्थितिको जानकारी सभामा गराउने, प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा मन्तव्य राख्ने विषय कार्यसूचीमा समावेश  छ ।

आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेश सामयिक कर राजश्व सङ्कलन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभा बैठकमा पेश गर्ने सम्भावित कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्