sevenstartv.com २१ वैशाख २०८३, सोमवार

रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश पोखरेलको इजलासमा

३१ वैशाख २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरण रिट निवेदनको पेसी न्यायाधीश सुनिल पोखरेलको इजलासमा तोकिएको छ ।

मिश्रको तर्फबाट उनकी पत्नी सारिका कार्कीले गैरकानुनी थुनामा राखिएको भन्दै मंगलबार सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । गत चैत १५ गते काठमाडौंको तीन कुनेमा राजावादीको प्रदर्शनको क्रममा मिश्र पक्राउ परेका थिए । 

प्रहरीले उनीमाथि राज्य विप्लव, सङ्गठित अपराध र आपराधिक उपद्रव गरी तीनवटा कसुरमा अनुसन्धान भइरहेको भन्दै मंगलबार आठौँ पटक म्याद थप भएको छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्