sevenstartv.com २१ वैशाख २०८३, सोमवार

मन्त्रीपरिषद्को बैठक बस्दै

३१ वैशाख २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद्को बैठक बोलाएका छन् । बैठक बालुवाटारमा राति ८ बजे बस्ने भएको छ । सोमबारका लागि बोलाइएको बैठक बस्न नसकेपछि आजका लागि बोलाइएको हो ।

बैठकमा सरकारका कामकारबाहीको समीक्षाका साथै नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिमा रिक्त एक सदस्य नियुक्त गर्न सक्ने सम्भावना छ । समितिमा रहेका डा. विश्व पौडेलले राजीनामा दिएपछि समितिको एक पद खाली छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्