sevenstartv.com २१ वैशाख २०८३, सोमवार

साउदीमा अलपत्र परेका नेपालीको उद्धार गर्न सरकारसँग माग

३१ वैशाख २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाले साउदी अरबमा रोजगारदाता कम्पनी बन्द भएर अलपत्र परेका नेपालीको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा उनले  साउदी अरबको जुवेल सहरमा सेन्ड्रन इन्टरनेसनल कम्पनी लिमिटेड बन्द भएपछि सो कम्पनीमा कार्यरत चार सय ६९ जना नेपाली अलपत्र परेकाले तत्काल उद्धार र सहयोग गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । 

‘रोजगारदाता कम्पनी बन्द हुँदा कामविहीन भएका चार सय ६९ मध्ये दुई सय २६ जनाले नेपाल फर्कन चाहेका छन् । त्यहाँको दूतावासमा सम्पर्क गरेर उनीहरू नेपाल फर्कन चाहेका बताएका छन्’ सांसद बर्तौलाले भने, ‘रोजगारविहीन भएकामध्ये दुई सय ४३ जनाले नेपाल अन्य कम्पनीमा काम गर्ने वातावरण मिलाउन आग्रह गरेका छन् ।’

कम्पनी बन्द भएपछि दुई महिनादेखि नौ महिनाको तलब पनि नेपाली कामदारले नपाएका बताउँदै उनले तलबका लागि कम्पनीको व्यवस्थापनलाई पटकपटक ध्यानाकर्षण गराउँदा पनि कुनै वास्ता नगरिएको उनले सदनलाई जानकारी गराए ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्