उरुग्वेका पूर्वराष्ट्रपति जोसे मुहिकाको निधन
काठमाडौं । उरुग्वेका पूर्वराष्ट्रपति जोसे मुहिकाको ८९ वर्षको उमेरमा निधन भएको छ ।
२०१० देखि २०१५ सम्म उरुग्वेमा शासन गरेका उनी सामान्य जीवनशैलीका कारण विश्वको गरीब राष्ट्रपतिु भनेर चिनिन्थ्यो । मुहिका अन्ननलीको क्यान्सरबाट पीडित थिए । यद्यपि उनको मृत्युको कारण खुलाइएको छैन ।
उरुग्वेका राष्ट्रपति यामान्दु ओर्सीले मुहिकाको निधन भएको पुष्टि गरेका छन् ।
