sevenstartv.com ९ चैत २०८२, सोमवार

दक्षिणी गाजामा भएको इजरायली आक्रमणमा २८ जनाको मृत्यु

३१ वैशाख २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । इजरायली सेनाले दक्षिणी गाजामा गरेको आक्रमणमा २८ जनाको मृत्यु भएको छ । आक्रमणबाट दर्जनौँ घाइते भएका छन् ।

पछिल्लो २४ घण्टामा दुई अस्पतालमा आक्रमण भएको हो । गाजाको खान युनिसमा रहेको युरोपियन अस्पतालमा पनि इजरायली सेनाले आक्रमण गरेको बताइएको छ । इजरायली सेनाले कुनै पनि अस्पतालमा आक्रमण गर्न छाडेको छैन ।

पछिल्लो १० सातमा त्यहाँ खानेपानी, औषधी र टेन्टको व्यवस्था पनि छैन । संयुक्त राष्ट्रसङ्घीय राहत प्रमुख टम फ्लेटचरले अहिलेको नरसंहार रोक्नका लागि अन्तर्राष्ट्रिय निकायले नै पहल गर्नु पर्ने कुरामा जोड दिएका छन् ।

न्यूयोर्कमा गाजाको अवस्थाबारे जानकारी गराउँदै फ्लेटचरले इजरायलले राहत वितरणमा आफूहरू माथि अवरोध सृजना गरेको आरोप लगाएका छन् । उनले इजरायलले गाजामा राहत वितरणका लागि ल्याएको नयाँ सर्तमा पनि आपत्ति जनाएका छन् ।

यसैबीच मध्यपूर्वको भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल–गाजा युद्ध जतिसक्दो चाँडो अन्त्य गर्न प्रयास गर्ने बताएका छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने युद्ध अन्त्य गर्ने कुनै आधार नै नभएको जनाउँदै आएका छन् ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्