'पाका नेतृत्वहरूबाट देश विकास हुने आश मरिसक्यो'
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक निशा डाँगीले जेनजी पुस्ताले विकासले गति लिने स्थिर सरकारको चाहना राखेको बताएकी छन् । मंगलबारको प्रतिनिधिसभाको बैठकमा उनले यस्तो बताएकी हुन् । उनले जेनजी पुस्ताको भविष् सुनिश्चित गर्न माग गरिन् ।
उनले पाका नेतृत्वहरूबाट अब देश विकास हुने आश मरिसकेको बताइन् । उनले नयाँ अनुहार र नयाँ सोचको नेतृत्व जेनजी पुस्ताले चाहेको बताइन् । रोजगारी र उद्यमशिलतामा प्रोत्साहन गर्ने नीति अहिलेको आवश्यकता भएको बताइन् ।
उनले आफूहरू केबल डिग्री नभइ गुणस्तरीय शिक्षा चाहने बताइन् ।
