आजदेखि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल
काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज बस्ने भएको छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्नेछ । राष्ट्रिय सभाको बैठक अपराह्न १ः१५ मा बस्नेछ । बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल हुने सम्भावित कार्यसूची तय भएको छ ।
संघीय संसद सचिवालयका अनुसार दुवै सदनको बैठकमा ‘आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा ९कर प्रस्तावबाहेक० सभामा छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यही वैशाख २८ गते विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए । त्यही दिन सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको थियो ।
