नीति तथा कार्यक्रममाथिको ३७ संशोधन अस्वीकृत
काठमाडौं । प्रतिनिधिसभाबाट आर्थिक वर्ष २०८२/०८३ को सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । आइतबार नीति तथा कार्यक्रममाथिको छलफल सकेर प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएपछि आगामी आर्थिक वर्षको नीति कार्यक्रम बहुमतले पारित भएको हो ।
साथै बैठकले नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभाका सांसद्हरुले पेस गरेको ३७ वटा संशोधन बहुमतले अस्वीकृत गरेको छ । नीति तथा कार्यक्रममाथिको छलफलपछि निर्णायर्थ पेस गर्नुअघि सभामुख देवराज घिमिरेले संशोधनकर्ता सदस्यलाई फिर्ता लिन समय दिएका थिए । संशोधनकर्ताहरुले प्रस्ताव फिर्ता नलिने जानकारी गराएपछि संशोधन प्रस्ताव निणयार्थ पेश गरिएको थियो ।
प्रस्तावको पक्षमा ‘हुन्छ’ र विपक्षमा ‘हुन्न’ भनेर निर्णायर्थ पेश गरिएको थियो । त्यसक्रममा प्रस्तावको विपक्षमा अर्थात ‘हुन्न’ भन्ने आवाजमा बहुमत देखिएको थियो । नीति तथा कर्यक्रममाथि संशोधन प्रस्ताव राख्ने सांसदहरु सुदन किराती, जनार्दन शर्मा, डा।अमरेशकुमार सिंह, शक्तिबहादुर बस्नेत, वर्षमान पुन, रोशन कार्की, अमनलाल मोदी, माधव सापाकोटा, पूर्णबहादुर घर्ती, प्रेम सुवाल, रणेन्द्र बराली, हितराज पाण्डे, लेखनाथ दाहाल,दुर्गा राई, रुपासोशी चौधरी,सुशीला श्रीपाली ठकूरी, उर्मिला माझी,चित्रबहादुर केसी,रामकुमार राई,नारायणी शर्मा रहेका थिए ।
त्यसैगरी लक्ष्मी तिवारी, विमला सुवेदी, गणेश पराजुली, ज्ञानु बस्नेत सुवेदी, बुद्धिमान तामाङ, ध्रूवबहादुर प्रधान, मीना तामाङ, सुमना श्रेष्ठ, हितबहादुर तामाङ, सोविता गौतम,छिरिङ डम्डुल लामा (भोटे), मनिष झा, बिनिता कठायत, निशा डाँगी, सुर्यमान तामाङ ९दोङ० ले पनि नीति तथा कार्यक्रममाथि राखेको संशोधन बहुमतले अस्वीकृत भएको थियो । त्यस्तै डा. चन्दा कार्की भण्डारी, शिशिर खनालको संशोधन प्रस्ताव पनि बहुमतले अस्वीकृत भएको छ ।
