भूमिसम्बन्धी विधेयक यसै अधिवेशनबाट पारित गर्छौँ : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूमिसम्बन्धी विधेयक बजेट अधिवेशनबाट पारित गरिने बताएका छन् ।
प्रधानमन्त्री ओलीले सरकारको नीति तथा कार्यक्रममाथि संसदमन उठेका प्रश्नको जवाफ दिँदा आफूले उठाएका प्रश्नको जवाफ नआएको भन्दै पुनः सोधेका पूरक प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भूमिसम्बन्धी विधेयक यसै अधिवेशनबाट पारित गरिने बताएका हुन् ।
‘भूमिसम्बन्धी समस्या समाधान गर्न भूमि सम्बन्धी अध्यादेश जारी नै गरेका थियौँ । त्यो अध्यादेश संसदमा दर्ता पनि गरेका थियौँ,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यो अध्यादेश अहिले संसदमा होल्डमा राखेका छौँ । अब नियमित तरिकाबाट विधेयक ल्याएर पारित गरेर भूमि सम्बन्धी समस्या समाधान गर्छौँ ।’
