sevenstartv.com २१ वैशाख २०८३, सोमवार

'कुनै पनि जेठ १५ मा राजावादीका सपना पूरा हुँदैनन्'

२८ वैशाख २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले राजा फर्काउने राजावादीहरूका सपना कहिल्यै पूरा नहुने बताएका छन् ।

राजावादी पार्टी र संगठनहरूले जेठ १५ गतेबाट अनिश्चितकालीन आन्दोलन घोषणा गरेर राजा फर्काउने भन्दै लागि रहेका बेला प्रधानमन्त्रीले राजावादीका सपना पूरा नहुने बताएका हुन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद्सँगको प्रश्नोत्तरमा सहभागी हुँदै प्रधानमन्त्रीले भने, ‘यसपल्टको जेठ १५ गते होइन, अब आउने कुनै पनि जेठ १५ गते पर्खनुस्, तपाईंहरूको सपना साकार हुने छैन । प्रतिगामी सपना काम लाग्दैन ।’

प्रधानमन्त्रीले बदलिँदो समयलाई ख्याल गर्दै अघि बढ्न राजावादीहरूलाई आग्रह गरे । उनले इतिहासमा मिल्किसकेको राजतन्त्रको पछि लाग्न भन्दा संविधानअनुसार अघि बढ्न राजावादीहरूलाई सुझाव दिए ।

 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्