sevenstartv.com ९ चैत २०८२, सोमवार

पूर्वी कङ्गोमा बाढी : १०० भन्दा बढीको मृत्यु

२८ वैशाख २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । कङ्गोको पूर्वी क्षेत्रमा रातिआएको बाढीका कारण १०० जनाभन्दा बढीको मृत्यु भएको छ । 

मुसलधारे वर्षाका कारण बिहीबार-शुक्रबार राति सुद किवु प्रान्तको कसाबा गाउँमा आएको बाढीले भौतिक संरचनाका साथै व्यापक मानवीय क्षति भएको हो ।

मुसलधारे वर्षाका कारण कासाबा नदीको किनारबाट रातिको समयमा वरपरका खाली ठाउँमा रहेका ढुङ्गा, ठूला रूख र माटो बगाएर खोलामा ताल बनेको र यही तालको किनारमा रहेका घर भत्किएको जनाइएको छ । 

क्षेत्रीय प्रशासक सामी कालोन्जीले बाढीका कारण कम्तीमा १०४ जनाको मृत्यु भएको र व्यापक भौतिक क्षति भएको बताइएको । अर्का एक स्थानीय बासिन्दाले एएफपीलाई बताएअनुसार शनिबारसम्म ११९ जनाको शव फेला परेको छ ।

 

 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्