अमेरिका छाड्न चाहने अवैध आप्रवासीले बोनस पाउने
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कागजात नभएका आप्रवासीलाई निकाल्ने अभियानलाई तीव्रता दिन २० हजार नयाँ कर्मचारी भर्नाका लागि निर्देशन गरेका छन् । साथै उनले आप्रवासी निष्कासन सहज बनाउन थप केही नीति बनाएका छन् ।
कागजात नभएका आप्रवासी आफैले अमेरिका छाड्न चाहे फर्कने व्यवस्था पनि अमेरिकाले मिलाइदिने उनको निर्देशनमा उल्लेख छ । उनीहरूलाई बोनस रकम समेत दिइने छ ।
यसरी थपिने कर्मचारीको पुरै विवरण सार्वजनिक भइसकेको छैन । अहिले इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट ९आइसिई० अन्तरगत २१ हजार कर्मचारी छन् । समाचार संस्था अनुसार आइसिईमा अहिले नै ६१ सय अधिकृत तथा ७५० असिस्टेन्ट छन् ।
उनले सीमामा कडा सुरक्षा अपनाउन सबैलाई आह्वान गरेका छन् । अमेरिकामा सेल्फ डिपोर्ट हुन चाहनेले नयाँ एपमार्फन सम्पर्क गर्न सक्ने छन् । गत साता नै यसरी आफै फर्कने इच्छा देखाएमा एक हजार अमेरिकी डलर बोनस दिइने घोषणा गरिएको हो ।
