रुसी राष्ट्रपति पुटिनले गरे युक्रेनलाई वार्ताका लागि आह्वान
काठमाडौं । रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनले युक्रेनलाई वार्ताका लागि आह्वान गरेका छन् । उनले १५ मे भन्दा अघि नै वार्ता गर्नु उपयुक्त हुनेसमेत बताएका छन् ।
बेलायती प्रधानमन्त्री केइर स्टेइमर र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रों युक्रेन भ्रमणमा पुगेर रुसलाई ३० दिने युद्ध विराम तत्काल लागु गर्न भने पछि पुटिनको सो अभिव्यक्ति आएको हो । यसपछि मस्कोले प्रेस विज्ञप्ति जारी गर्दै यो सोचनीय विषय भए पनि अनावश्यक दबाब उपयुक्त नहुने चेतावनी दिएको थियो ।
पुटिनले वार्ताका सबै ढोका खुला राखेको बताएका छन् । उनले स्थायी समाधान निकाल्नका लागि टर्कीको इस्तानबुलमा वार्ता उपयुक्त हुने बताए । पुटिनले यसको बारे आइतबार टर्कीका राष्ट्रपति रेकेब तैयाब अर्डोगानसँग पनि सल्लाह गर्ने छन् । यो विषयमा युक्रेनको भने प्रतिक्रिया आइसकेको छैन ।
