sevenstartv.com २१ वैशाख २०८३, सोमवार

जनताको सोच परिवर्तन हुन जरुरी छ : सभामुख घिमिरे

२७ वैशाख २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । सभामुख देवराज घिमिरेले जनताको सोच परिवर्तन हुन जरुरी रहेको बताएका छन् ।

शनिबार सिंहदरबारमा पूर्व सांसद् मञ्चले आयोजना गरेको नेपालको वर्तमान अवस्था स् चुनौती र समाधान विषयक एकदिने कार्यक्रमलाई सम्बोधन गर्दै उनले  यथार्थ के हो भन्नेबारे नेपाली जनताले हेर्ने काम कम भइरहेको बताएका हुन् ।

उनले कसैले बनाएको एउटा धारणालाई सही र गलत नछुट्याई अघि बढ्ने परिपाटी विकसित भइरहेकोप्रति चिन्ता व्यक्त गरे । उनले यथार्थलाई बुझ्ने, बुझाउने र त्यसलाई लिएर अगाडि बढ्ने मानसिकता कम हुँदै गएको बताएका छन् । उनले जनताको सोचमा परिवर्तन आउनुपर्ने समय आएको बताए ।

सभामुख घिमिरेले भने, ‘काठमाडौँको चैत्र १५ गतेको हत्या, हिंसा, आगजनी, लुटपाट, चोरी डकैतीको कुरालाई लिएर अहिले चर्चा छ। व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन भन्ने व्यापक छ। आम जनतामै छ तर यथार्थ त्यस्तो होइन। त्यसको मतलब हो जनताको सोच परिवर्तन गर्नुपर्ने भएको छ।’

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्