sevenstartv.com २१ वैशाख २०८३, सोमवार

सरकारले प्रश्तुत गरेको नीति तथा कार्यक्रम कर्मकाण्डीमा आधारित नीति भएको आरोप

२६ वैशाख २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले सरकारले प्रश्तुत गरेको नीति तथा कार्यक्रम कर्मकाण्डीमा आधारित नीति भएको आरोप लगाएका छन् । 

शुक्रबार प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८२र०८३ का लागि सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै उनले यस्तो आरोप लगाएका हुन् । उनले नीति तथा कार्यक्रममाथि आफ्नो पार्टीका सांसदहरुले रचनात्मक सुझाव दिएको भएपनि सुझाव कार्यान्वयन नहुने कुरामा शंका नरहेको बताए ।

उनले विगतमा जस्तै यस पटकको नीति तथा कार्यक्रम पनि हुबहु पारित हुने भन्दै छलफलमा भाग लिनु समयको बरबादी मात्रै भएको बताए । उनले नीति तथा कार्यक्रमले स्थानीय सरकारलाई स्रोतसाधनबाट टाढा राखेर कमजोर बनाएको बताका छन् । 

उनले संघीयतालाई बलियो बनाउने हो भने ढाँचा परिवर्तन गर्नुपर्नेमा जोड दिए । नीति तथा कार्यक्रमको बहस सत्तापक्ष र प्रतिपक्षको हार र जितको रुपमा हेर्ने संस्कारले देश र जनताले हारिरहेको उनको भनाइ छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्