sevenstartv.com ८ असार २०८२, आइतवार

माधवकुमार नेपालको स्वास्थ्यमा सुधार

२६ वैशाख २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं ।  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्यमा सुधार आएको छ। उनको मुटुमा समस्या देखिएपछि बिहीबार महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरी एन्जिओप्लास्टी गरिएको हो ।

मुटुको उपचारपछि उनलाई केही दिन आरामसहित उपचार गर्नुपर्ने चिकित्सकले सल्लाह दिएका छन्। पूर्वप्रधानमन्त्री नेपाललाई सघन उपचार कक्षमा राखिएको छ। उनको स्वास्थ्य संवेदनशीलताका कारण अस्पतालमा भेटघाट बन्द गरिएको जनाइएकाे छ । 

उनको मुटुमा समस्या आएपछि त्यहाँ सिसियुमा उपचार गरिएकाे छ । एन्जियोप्लास्टी भनेको रक्त नली (खासगरी मुटुको रक्त नली) मा भएको अवरोध हटाउने चिकित्सा प्रक्रिया हो । कहिलेकाहीँ रक्त नलीमा बोसो वा अन्य पदार्थ जम्मा भएर साँघुरो हुन्छ, जसले रक्त प्रवाहमा समस्या ल्याउँछ । यो समस्यालाई हल गर्न एन्जियोप्लास्टी गरिन्छ ।

 एन्जियोग्राफी गरेपछि शरीरलाई केही दिन आराम दिनुपर्ने कारण डाक्टरहरूले अस्पतालमै बस्न भनेका कारण शुक्रबार पनि उनी त्यहीँ रहने छन्। 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्